गायिका रचना रिमालको प्रस्तुतिमा मज्जाले झुमे दर्शकहरु

दमौली : तनहुँ उद्योग वाणिज्य संघका आयोजना गरेको आठौं तनहुँ महोत्सवको तेस्रो दिन शनिवार गायिका रचना रिमालको प्रस्तुतिमा दर्शकहरु झुमीएका छन्। रिमालले आफ्नो चर्चित गीतहरु गाउँदा दर्शकहरु संग नाचेर समेत साथ दिएका छिन्।

‘ फोटो फिरिममा ’ बन्दै आफ्नो गीत प्रस्तुत गर्न सुरु गरेका रिमाललाई दर्शकहरुले वान्स मोर भन्दै आधा दर्जन भन्दा बढी गीत गाउन बाध्य बनाए ।

यस सँगसँगै राष्ट्रिय कलाकार राजु परियार, लक्ष्मी नेपाली र अनुराग थापाको ।लगायतका कलाकारहरूको बेजोड प्रस्तुती मा प्रस्तुत गरेको  महोत्सवका प्रबक्ता इम कुमार मल्लले जानकारी दिए ।

महोत्सवमा आज खरेल लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुले समेत आफ्ना चर्चित गीतहरु गाएका थिए । महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका सामग्रीहरू, बोटे जातिको संस्कृति झल्कने घर, आदि रहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताएकका छन् ।

महोत्सव चैत २० गतेसम्म संचालन हुनेछ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?