आठौं तनहुँ महोत्सवमा आज गायिका एलिना चौहान र पशुपति शर्माले प्रस्तुति दिने

दमौली : तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौं तनहुँ महोत्सवको चौथो  दिनमा युवापुस्ता माझ एलिना चौहान  र पशुपति शर्माले  प्रस्तुति दिने भएको  छ ।

यस सँगसँगै राष्ट्रिय स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती मा प्रस्तुति रहने महोत्सवका प्रबक्ता इम कुमार मल्लले जानकारी दिए ।

महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका सामग्रीहरू, बोटे जातिको संस्कृति झल्कने घर, आदि रहेको  तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताएकका छन् ।

महोत्सव चैत २० गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?