दमौली : निर्वाचन आयोगले तनहुँका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी निर्वाचन आयोगले जिल्लाका दश वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तह व्यास नगरपालिकामा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना लाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । अन्य नौ स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ ।
सोहि अनुसार आँबुखैरेनी गाउँपालिकामा प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेल, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख किर्तनराज पौडेल, देवघाट गाउँपालिकामा जिल्ला समन्वय अधिकारी थमनसिं थापा निर्वाचन अधिकृत ताेकिएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?