दमौली : तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौं तनहुँ महोत्सवको पाँचौ दिनमा तनहुँका चेली गायिका प्रीति आलेले प्रस्तुति दिने भएकी छिन ।
यस सँगसँगै राष्ट्रिय स्थानीय कलाकारहरु हेमन्त शर्मा ,अमर धिताल, काजल गुरुङ , पदम थापा र सन्तोष मगरको बेजोड प्रस्तुती मा प्रस्तुति रहने महोत्सवका प्रबक्ता इम कुमार मल्लले जानकारी दिए ।
महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका सामग्रीहरू, बोटे जातिको संस्कृति झल्कने घर, आदि रहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताएकका छन् ।
महोत्सव चैत २० गतेसम्म संचालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?