तनहुँको स्थानीय तहमा मतदाताहरु कहाँ कति छ ?( सुची सहित )

दमौली : निर्वाचन आयोगले आगामी  वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको सार्वजनिक गरेको छ । तनहुँमा दुई लाख ४४ हजार ३४० जना मतदाताको नामावली सार्वजनिक भएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।

जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् । गत २४ माघसम्म जिल्लामा मतदाता नामवली संकलन भईरहेको थियो । दुई लाख ४७ हजार ७०५ जना मतदान गर्न योग्य भएको मतदाताको विवरण निर्वाचन आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए ।

जिल्लाका १० स्थानीय तहमा सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा र कम देवघाट गाउँपालिकामा रहेको ढकालले जानकारी दिए । उनका अनुसार व्यासमा ४७ हजार ५४२ छन् भने देवघाटमा १२ हजार ८१५ रहेका छन् ।

यसपाली जिल्लाका १० स्थानीय तहमा २९७ मतदान केन्द्र हुनेछन् ।मतदान स्थलको संख्या भने घटबढ भएको छैन् । अघिल्लो निर्वाचनमा १३६ मतदानस्थल र २५२ मतदान केन्द्र थिए ।

आयोगले सार्वजनिक गरेको तथ्यांक :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?