भादगाउँ खानेपानीमा नगर विकास कोषको तीन करोड ८१ लाख ऋण सम्झौता

दमौली :खानेपानी तथा सरसफाई आयोजना अन्तरगत भादगाउँ खानेपानी तथा सरसफाई आयोजना, तनहुँमा नगर विकास कोषको तीन करोड ८१ लाख  नौ हजार रुपियाँ ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैले बताएका छन।

अध्यक्ष दरैले खानेपानी तथा सरसफाई आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई क्षेत्र सह–लगानी आयोजना अन्तरगत भादगाउँ करादी खिरखाँदी खानेपानी उपभोक्ता समितिको बोलपत्रदाता पेश गरेको ठेक्का कबोल अंक खानेपानी आपूर्ति तर्फ१५ करोड २४ लाख ३६ हजार रुपियाँ को २५ प्रतिशतले हुने रकम तीन करोड ८१ लाख नौ हजार रुपियाँ कोषबाट ऋण लगानीका लागि समेत सम्झौता भएको बताएका छन्।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरै बीच सोमबार ऋण सम्झौता सम्पन्न भएको थियो। ऋण सम्झौतामा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको उपस्थितिमा जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका हुन्।

सम्झौता कार्यक्रममा भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष, कोषध्यक्ष, सहसचिव तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो।सम्झौता कार्यक्रममा भएको उनीहरुको उपस्थितिबाट आयोजनामा भएको ऋण लगानीको अवधारणाको महत्व तथा आवश्यकतालाई उपभोक्ता समूह बीच प्रष्ट्याउन थप मद्दत हुने विश्वास गरिएको छ ।

व्यास नगरपालिका वडा नम्बर १ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम १० करोड ६७ लाख रुपियाँ, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम तीन करोड ८१ लाख रुपियाँ र पाँच प्रतिशत रकम ७६ लाख २१ हजार रुपियाँ उपभोक्ता संस्थाबाट व्यहोरिने छ ।

उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा ४२९२ घरधुरी ९२१४६० जनसंख्या० र डिजाईन वर्ष सन् २०३३ मा ६३७८ घरधुरी ९३२८९० जनसंख्यालाई ग्रेभेरी प्लो मुहान श्रोत र सम्प वेल पम्पिङ्ग सम्प प्रणली मार्फत २४ सै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको छ ।

सम्झौता कार्यक्रममा उपभोक्ता समितिका अध्यक्षबाट जनताको आधारभूत आवश्यकतासँग जोडिएको आयोजनाको कोषबाट विभिन्न पक्षहरुको मूल्याङ्कन पश्चात् भएको ऋण सहयोगले आयोजनालाई दिगो रुपमा आगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अध्यक्षले आयोजनालाई सार्थक बनाउन आगामी दिनमा नगर विकास कोषबाट निरन्तर व्यवस्थापकीय तथा प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?