इन्धन बोकेको ट्यांकर दुर्घटना, चुहिएको डिजेल जम्मा गर्दै स्थानीय

दमौली :  बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्यांकर तनहुँमा दुर्घटनामा परेको छ । २० हजार लिटर डिजेल बोकेर अमलेखगञ्जबाट छुटेको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा मंगलबार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ ।

अति प्रज्वलनशिल पेट्रोलियम पदार्थ संकलन गरिनु जोखिम हुने भन्दै निगमले तेल नउठाउन स्थानीयलाई आग्रह गरे पनि स्थानीय त्यस्को बेवास्ता गर्दै खोल्सामा पोखिएको डिजेल  ग्यालिन, बाल्टि र ड्रममा  जम्मा गरिरहेको जानकारी प्राप्त भएको छ ।

सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको ना ८ ख ०३२६ नम्बरको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् ।

बाल्टी र ग्यालिन बोकेर ट्यांकरबाट चुहिएको तेल भर्न मानिसको लाइन लागेको भिडियो सामाजिक सञ्जालनमा अहिले भाइरल बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?