म्याग्देमा दुर्घटना हुँदा एकको मृत्यु

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित तल्लो गुणादीमा आज दिउँसो करिब ३ बजेर ४० मिनेटमा ट्रकले मोटरसाइकल ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार  पोखराबाट दमौली तर्फ आउंदै गरेको ना ३ ख ४६९१  नम्बरको  ट्रकले एउटै दिशाबाट आइरहेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकललाई चालक ऋषिङ्ग-१का १९ बर्षिया तरण थापा गम्भीर घाइते भई उपचारका क्रममा दमौली जिल्ला अस्पतालले मृतक घोषणा गरेको जिल्ला प्राहरी तनहुँले जानएको छ। ट्रक चालक भने प्राहरीको नियन्त्रण रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?