मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार रुपैयाँ उपचार खर्च पाउने (कार्यविधि सहित )

काठमाण्डाै : सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ दिने भएको छ । औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउने भएका हुन् ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७ सय ५३ पालिकाबाट यो रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । अब स्थानीय पालिकाले यस्ता बिरामीको लगत संकलन गर्नेछ । लगत संकलन पछि नाम अध्यावधिक गरिने छ र त्यो तथ्याङ्क पालिकाले स्वास्थ्य मन्त्रालयमा पठाउनेछ । त्यसपछि बिरामीको खातामा रकम पठाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

उहाँकाअनुसार आउँदो बैशाख महिनादेखि नै यस्ता बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने गरी तयारी भएको छ । तर लगत संकलनका लागि समय लाग्ने र स्थानीय तहको चुनाव पनि नजिकिएकाले बैशाख महिनादेखिनै लागू हुने सम्भावना कम छ । कार्यविधिअनुसार सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले तीन/तीन महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा रकम जम्मा गरिदिने छन् ।

यस्तै, सरकारबाट उपलव्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता दलित भत्ता, पिछडिएको वर्ग भत्ता, अपांग भत्ता पाउनेले यो भत्ता वा उपचार खर्च मध्ये एक रोज्नुपर्ने छ । यस्तै एक भन्दा बढी रोग लागेकाहरुले पनि दोहारो भत्ता पाउने छैनन् ।  यसअघि २०७४ सालमा सरकारले यी रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधि खर्च दिने घोषणा भएको थियो । तर, चार वर्षसम्म कार्यविधि नबन्दा कार्यान्वयन भएको थिएन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?