मूल्यवृद्धि नियन्त्रणका गर्न निर्माण व्यवसायीको माग

दमौली :  निर्माण व्यवसायी सङ्घ तनहुँले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि नियन्त्रणको माग गर्दै  सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् निर्मण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माणका काममा असर पुगेको भन्दै सङ्घले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

निर्माण उद्योगमा एकपछि अर्को समस्या थपिदै गएकाले उद्योग धारासायी अवस्थामा पुगेको र पछिल्लो पटक इन्धन लगायतका निर्माण सामग्रीमा अत्याधिक रुपले निरन्तर मूल्यवृद्धि हुँदा निर्माण व्यवसायी मारमा परेको सङ्घका अध्यक्ष रत्नकुमार श्रेष्ठले बताए ।

पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, ग्यास, फलामजन्य निर्माण सामग्री छड, पाता, आइरन ब्लेड, बिटुमीन, सिमेन्ट, ग्याविन तार र नदीजन्य एवं खानीजन्य गिटी बालुवा, ढुङ्गा, इट्टा लगायतका निर्माण सामग्रीको अप्रत्यासित मूल्यवृद्धि भएकाले यस्तो मूल्वृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ ले व्यवस्था गरे बमोजिम सबै आयोजनाहरुमा व्यवसायीले मूल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मार्गदर्शन नम्बर २ तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?