दमौली : तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको दमौलीमा जारी आठौ तनहुँ महोत्सवमा आज शुक्रबार कन्सर्ट हुने भएको छ। महोत्सवमा शुक्रबार सृजना खत्री ‘हाउडे माया’ र र्यापर ‘माइला’ को कन्सर्ट हुन लागेको हो ।
साथै यस सँगसँगै चर्चित र राष्ट्रिय स्थानीय कलाकारहरु प्रस्तुति पनि प्रस्तुती रहने आयोजकले जनाएको छ।
दर्शकको चाहना र मागलाई ध्यानमा राखेर कन्सर्ट गर्न लागिएको राष्ट्रिय कलाकार समन्वय समिति संयोजक कुमार मल्लले जानकारी दिए ।
महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका सामग्रीहरू, बोटे जातिको संस्कृति झल्कने घर, आदि रहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताएकका छन् ।
महोत्सव भोलि चैत २० गतेसम्म संचालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?