ट्रयाक्टरबाट खसेर भानुका एक युवतीको मृत्यु

दमौली :  तनहुँको भानु नगरपालिका–९ मा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छिन् ।

गएराती ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट खसेर घाइते भएकी उनकी उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रयाक्टरसहित चालक इलाका प्रहरी कार्यालय भानुको नियन्त्रणमा रहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?