
काठमाण्डाै : कोरोनाले गर्दा नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीले आउँदो शुक्रबारभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।
कोरोना महामारीका कारण चीन लगायत देशबाट फर्किएका विद्यार्थीले अध्ययनका लागि पुनः सम्बन्धित देश जान आउँदो शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिन सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए ।
कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका उनीहरुलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको हो । त्यसका लागि www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर मन्त्रालयको शिक्षा शाखाको इमेल technicaleud@moest.gov.np मा निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?