गृहमन्त्री खाँण आज दमौली आउदै

गृहमन्त्री खाँण आज तनहुँ आउदै

मिलन तामाङ, दमौली : नेपाल सरकारका गृहमन्त्री बालकृष्ण  खाँण आज दमौली आउने भएको छ। तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको दमौलीमा जारी आठौ तनहुँ महोत्सवको आज समापन कार्यक्रमलाई सम्बोधन गर्नका लागि दमौली आउने भएको हो  ।

गृहमन्त्री खाँण २:३० मा दमौलीमा आइपुग्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

‘तनहुँ महोत्सव हाम्रो आधार , आर्थिक सामजिक विकासको पूर्वाधार ‘ भन्ने नाराका साथ चैत १० गते बाट संचालन भएको महोत्सव आज विविध कार्यक्रम बिच समापन गर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?