दमौली : त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ ।
लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा आज सोमपाल कामी खेल्दैछन् ।
फाइल तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?