
दमौली : गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको दीर्घशान्तिको लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभएर मुलुकमा थिति बसाउन आवश्यक रहेकाे बताएका हुन् ।
गृहमन्त्री खाँणले महोत्सवले स्थानीय स्तरबाट उत्पादित कृषि उपजका वस्तु हरुले बजार पाउँदा जिल्लाको अर्थतन्त्र थप मजबुत भएको प्रति खुसी व्यक्त गरे। एमसिसि परियोजना अनुदानका रुपमा नेपाल भित्रीएको र नेपालको गरिबी निवारण गर्नकालागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र बेरोजगारी समस्या समाधान गराउन सहयोग हुनेमा जोड दिए ।
आदिकवि भानुभक्त तथा व्यासका बारेमा चर्चा गर्दै खाँणले महारथिहरूकाे भूमि रहेको तनहुँ पवित्र भुमि रहेको बताए । दमाैलीमा केही समय अगाडि भएको आगलागिमा भएको नाेक्सानका बारेमा सरकारले गम्भीरतापूर्वक लिएको र पुनर्निर्माण गर्न राज्यकोषबाट सहयोग गर्ने खाँणले जानकारी दिए ।
कार्यक्रममा जलस्रोत तथा खानेपानी मन्त्री उमाकान्त चाैधरि , नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी , ध्रुव वाग्ले , राष्ट्रिय सभा सदस्य भगवती न्याैपाने , प्रकाश पन्त , कलिला खान , प्रदेश मन्त्री दाेवाटे विक , प्रदेश सभा सदस्य सरिता गुरूङ , उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ , जिल्ला समन्वयका सभापति शान्तिरमण वाग्ले , पविन्द्र कुमार श्रेष्ठ , मानकाजि श्रेष्ठ , सुवाेध अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?