
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि नेपाल सरकारका उपसचिव तथा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
हरिराम नागिलाले आर्थिक सहयो गरेका छन् ।
शाखाका सहसचिव प्रकाश अधिकारीका अनुसार व्यास न.पा १२ कमलबारी निवासी नागिलाले ५ हजार ५ सय ५५ रकम सहयोग गरेको बताए ।
पत्रकार महासंघ तनहुँको यो अभियान निकै महत्त्वपूर्ण रहेकाले जिल्लाका पत्रकारहरुलाई कोभिड-१९ हुदा अथवा दुख पर्दा यो अभियानले सहयोग पुराउने नागिलाले बताए ।
महासंघले अपिल गरेको अनुसार कल्याणकारी कोषमा सहयोग आउने क्रम जारी रहेको शाखाका अध्यक्ष उज्वल पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?