व्यासको मेयर लड्ने घोषणा गर्दै जोशीले कार्यालय खोले

दमौलीः  तनहूँको व्यास नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उमेदवारी दिन लागेको ईञ्जिनियर दिपकराज जोशीले आफ्नो सम्पर्क कार्यालयको  उद्घाटन गरेका छन् । कार्यालयको उद्धघाटन संविधानसभा सदस्य उर्मिला थापा र पत्रिका वितरक कृष्णप्रसाद पोखरेलले संयुक्त  रुपमा गरेका हुन् ।

व्यास नगरपालिकाको मेयर लड्ने घोषणा गर्दै कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपक विद्यार्थीकालमा नेविसंघको राजनीतिमा सक्रिय थिए । केहि महिना अगाडिदेखि नै व्यासमा मेयर पदमा उमेदवारी दिएका जोशीले व्यास नगरलाई बनाउनको लागि त्यसभित्र रहेका बेथितिहरुलाई निमिट्यान्न पार्नका लागि आफुले मेयरमा उमेदवारी दिन लागेको बताए ।

लामो समय अमेरिकामा इलेक्ट्रिकल इञ्जिनियरका रुपमा काम गरेर नेपाल फर्केका उनी हाल न्यू मिलेनियम कलेजका प्रवन्ध निर्देशक तथा विभिन्न पत्रपत्रिकामा लेख लेख्छन् ।

उक्त कर्यक्रम क्या. रेशमबहादुर गुरुङ , सुकुमलाल गुरुङ र हरिशरण पण्डित लगायत उपस्थित रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?