
व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालालाई अर्थ मन्त्रालयले रु २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्रालयबाट विनियोजन भएको उक्त रकम तनहुँ क्षेत्र नम्बर १का निवर्तमान प्रतिनिधि सभाका सदस्य कृष्णकुमार श्रेष्ठको पहलमा भएको बताइएको छ ।
उनले केही दिन अघि कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रयोगशालाको लागि रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नगरपालिकाले व्यास-१० दुम्सीमा पिसिआर प्रयोगशाला स्थापनाको तयारी गरेकोले संघ संस्था तथा सुभेच्छुक सबैसंग सहयोगको अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?