व्यासमा भोलि सार्वजनिक बिदा

दमौलीः  तनहुँको व्यास नगरपालिकाले आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा  बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

नगरपालिकाका सबै अन्तर्गतका सबै शाखा र सबै वडाहरूमा बिदा दिने निर्णय भएको उपनिर्देशक कुमारकञ्चन जिसिद्वारा सुचनामा उल्लेख गरिएको छ ।

स्थापना दिवसका अवसरमा नगरपालिकाले आफ्नो प्रांगणमा बुधबार विविध कार्यक्रम आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?