दमौली : तनहुँ जिल्लाको भानु नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । भन्सार र फुस्रेटारमा रहेको भानु नगरपालिकाको कार्यालयमा तोडफोड भएको हो ।
गए रातीको समयमा भएको तोडफोडबाट झ्यालका सिसाहरु फुटेका छन । नगरपालिकाको कार्यालयमा के – केति तोडफोड भएको खुल्न सकेको छैनन । यसैबीच , भानु नगरपालिकाका करार कर्मचारी शंकर रानाभाटलाई प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले स्पष्टीकरण सोधेको विषयलाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधि र एमालेका स्थानीय कार्यकर्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।
यसरी आक्रोश व्यक्त गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेल माथि एमाले निकटका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको समेत बुझिएको छ । सोही विषयलाई भानु नगरपालिकाको कार्यालयमा केहीबेर तनावको स्थिती समेत सिर्जना भएको थियो । नगरपालिकाको करारको कर्मचारीको रुपमा शंकर रानाभाट माथि एमालेको राजनीति गर्ने गरेको आरोप लाग्दै आएको छ । रानाभाट कर्मचारी रहँदै गर्दाको अवस्थामा एमालेको तर्फबाट नगरपालिकाको प्रमुखको दावी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?