आजदेखि तनहुँका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

दमौली :  तनहुँमा मंगलबार र बुधबार दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन  गर्ने भएको छ ।  सरकारले आजदेखि देशरभर देशभर दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन संगै तनहुँमा पनि संचालन गर्न लागेको स्वास्थ्य कार्यालय तनहुँ तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।

तनहुँमा  २७  हजार जना बालबालिकालाई भिटामिन ‘ए’ र २४ हजार हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।  १० वटै पालिकाका स्वास्थ्य शाखाले वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा महिला स्वयंम सेविकाहरुद्धारा भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ ।

६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।

भिटामिन ‘ए’ खुवाउनको लागि ४ सय ६८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?