डिजेल चोरी गरिरहेको अवस्थामा ट्याङ्करसहित चार पक्राउ

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ हाइड्रोपावरको पेट्रोलपम्पबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा बुधवार डिजेल ट्याङ्करसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक युवराज खड्का अनुसार उक्त  ट्याङ्करसहित पक्राउ  पर्नेमा ऋषिङ गाउँपालिका–४ बस्ने ३६ वर्षीय कृष्णबहादुर रानाभाट, लमजुङ वेशीशहर नगरपालिका–११ घर भई हाइड्रोपावरमा काम गर्ने ४९ वर्षीय साविजङ्ग तामाङ, ऋषिङ गाउँपालिका–७ बस्ने २१ वर्षीय गोरे भन्ने भिमबहादुर थापा मगर र ऋषिङ गाउँपालिका–१ झापुटार घर भई हाइड्रोपावरमा कार्यरत २३ वर्षीय देवन थापा मगर रहेको छन् ।

पम्पमा कार्यरत सावि जङ्ग तामाङ र देवन थापा मगरको मिलेमतोमा एक हजार लिटर डिजेल चोरी गरी चार वटा ड्रममा भरीग १ त ६५०६ नम्बरको ट्याक्टरमा लैजादै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी झापुटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खड्का बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?