भिमादमा गठबन्धनको तर्फबाट उम्मेदवारी घोषणापत्र सार्वजनिक

दमौली :  भिमाद नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार काजीमान श्रेष्ठ र उपमेयरका उम्मेदवार मिलन आले चुनावि घोषणापत्र सार्वजनिक गरेको छ । गठबन्धनले बुधबार भिमादमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो चुनावि घोषणापत्र सार्वजनिक गरेको हो ।

गठबन्धनबाट भिमाद नगरपालिकाको नगरप्रमुखमा नेकपा (एकीकृत समाजवादी)बाट काजिमान श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसबाट मिलान आले उम्मेदवार बनेका छन् । नगरप्रमुखका उम्मेदवार श्रेष्ठ एकीकृत समाजवादी भिमादका अध्यक्ष हुन् भने उपप्रमुखका उम्मेदवार आले नेपाली कांग्रेस तनहुँका सहसचिव हुन् ।

नगरप्रमुखका उम्मेदवार श्रेष्ठ आफू विजयी भए सरकारले दिने तलब भत्ता नलिने घोषणा गरेका छन्। उनले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता नलिने घोषणा गरेका हुन्।

शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, कृषि, विधुत, सडक यातायात, सुचना तथा सञ्चार पर्यटन, पेशा व्यवसाय र रोजगारलाई प्राथमिकता दिदैँ घोषणापत्र सार्वजनिक गरिएको छ। घोषणापत्रमा उल्लेख बुदाँहरु सबै कार्यन्वयनमा गर्ने दाबी समेत गठबन्धनले गरेको छ। ‘सुशासन र समृद्धिको आधार, सुन्दर नगरि भिमादमा गठबन्धनको सरकार’ नारालाई आत्मासाथ गर्दै घोषण पत्र सार्वजनिक भएको हो।

भिमाद नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन गरेर आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा चुनावी मैदानमा भिड्दैछन्। वडामा राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि भागबन्डा गरिएको छ।

गठबन्धनको सहमती अनुसार नगरप्रमुखका उम्मेदवार श्रेष्ठ आफ्नै पार्टीको चुनाव चिन्ह कलम लिएर उठ्ने छन् भने उपप्रमुखसहित अन्य सबै उम्मेदवार कांग्रेसको रुख चुनाव चिन्ह लिएर उठ्ने उपप्रमुखका उम्मेदवार आलेले जानकारी दिए ।

जसअनुसार यसपाली तीन वटै पार्टीका उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यका उम्मेदवार कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचनमा उठ्नेछन् ।गत २०७४ को स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा फरक पार्टीको फरक-फरक चुनाव चिन्ह हुँदा हार व्यहोर्नु परेकाले यसपाली नगरप्रमुख बाहेकका सबै उम्मेदवार जुन पार्टीबाट भएपनि रुख चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रने आलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?