तनहुँ जिल्लामा थप कडाइसहित निषेधाज्ञा जेठ २२ गतेसम्म लम्बियो

तनहुँ जिल्लामा आउँदो जेठ २२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २२ गतेसम्म निषेधाज्ञा थपिएको हो ।

शुक्रबार (आज) बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को  बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको  सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए  ।

तनहुँ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिना २३ गतेदेखि  ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।त्यसपछि फेरि निषेधाज्ञालाई थप १५  दिन लम्ब्याएको थियो  ।

बिहिबार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको  थप कडाइ गर्ने  निर्देशन दिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?