गठबन्धनले काङ्ग्रेसलाई बलियो बनाउनेछ; वरिष्ठ नेता पौडेल

दमौली :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको भन्दै उनले यसले ले काङ्ग्रेसलाई बलियो बनाउने बताएका छन्  ।

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आइतवार  दमौलीमा आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै पौडेलले २३ सिटमा रहेको काङ्ग्रेसलाई ९३ सिटमा पु¥याउनका लागि  गठबन्धन गरिएको जोड दिए  ।

जनमत कमजोर रहेको कांग्रेसलाई बलियो बनाउन गठबन्धन आवश्यक रहेको  भन्दै प्रतिगमनतर्फ लैजान चाहने शक्तिको विरुद्ध प्रगतिशिलहरु संग गठबन्धन गरिएको बताए ।“ संविधानको रक्षा र परिवर्तनलाई जोगाउने काम यहि गठबन्धनले गर्नेछ,यसको को विषयमा द्विविधामा नरहन कार्यकर्तालाई आग्रह गर्दछु ,”  उनले भने ।

एमालेको गठबन्धन दारवारवादी समुहहरुसंग गरिरहेको जानकारी गराउदै यसले हामीलाई केहि पनि असर गर्न नसक्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?