आँबुखैरेनीको बेनीटारबाट लागुऔषध सहित दुई पक्राउ

दमाैली : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ देवीटारमा यात्रुवाहक बसबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–१२ बस्ने २० वर्षीय सहरे आलम र ओमसतिया गाउँपालिका–५ बस्ने ३६ वर्षीय सुनिल कोहार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले उनीहरुबाट  ब्रोनोरफाईन ४९ एम्पुल, फेनरागन ५० एम्पुल र डाईजोपाम ४८ एम्पुल गरी जम्मा एक सय ४७ एम्पुल लागूऔषध बरामद गरिएको छ ।

भैरहवाबाट पोखरा आउँदै गरेको लु २ ख ११०४ नम्बरको यात्रुवाहक बसमा सवार सहरे आलमले बोकेको कालो झोलाबाट लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

पक्राउ परेका विरुद्ध साेमबार जिल्ला अदालतमा आठ दिनकाे म्याद थप गरिएकाे प्रहरी नायब उपरिक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?