व्यास-१४ का वडाध्यक्ष सहितको सदस्य उम्मेदवारहरु घरदैलो अभियानमा

दमौली : तनहुँको व्यास १४ मा नेपाली काग्रेसले  घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।  घरदैलो कार्यक्रममा मतदाताहरूलाई व्यास १४ वडा अध्यक्षका उम्मेदवार काजीमान श्रेष्ठले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस वडा सदस्यका उम्मेदवारहरू नारी माया राना, माया सुनार, दुर्गा बहादुर आले र  होमलाल थापाले मतदाता समक्ष जनता र समग्र व्यास १४-बिकासको लागि  पनि कांग्रेस उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेको थियो ।

नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तिव्रता दिए सगै पछिल्लो दिनहरूमा व्यास १४ मा नेपाली कांग्रेसका उम्मेदवार प्रति मतदाताहरू निकै आर्कषित भएको श्रेष्ठले बताए ।साथै व्यास-१४ मा नेपाली काङ्ग्रेसको जित सुनिस्चित रहेको समेत जानकारी गराएका छन्।चुनावी प्रचार अभियानको क्रममा छाब्दी-रासिभञ्ज्याङ् ,ठिन,नयाँगाउँ र कुलुङ एक चरण सकिसकेको र रुम्सी,केशवटार, हर्कपुर-सुंढेर बांकी रहेको बताउदै दोस्रो चरणमा घरदैलो कार्यक्रमलाई निरन्तर दिने समेत अध्यक्ष श्रेष्ठले बताएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?