दमौली : तनहुँको व्यास नगरपालिकाको नेपाली कांग्रेसको तर्फबाट प्रमुख, उप– प्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले घरदैलो अभियान तीव्र पारेका छन् । आफ्नो चुनावी एजेण्डा र विकासका खाका लिएर उनीहरु जनताको घरदैलोमा पुगेका हुन् ।
जस अन्तरगत व्यास नगरपालिकाको वडा नं ५ को पाटन, चापाघाट कन्टार, अलैंचे, पतेनी, ठुलोटार, बरबोटे, शेरा, रानिटारी, चुदेँर, चिन्तुटार लगायतका स्थानमा कार्यक्रम सम्पन्न भएको छ ।नगरवासीसंगको भेटघाट कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपानेले विकासका कामहरुलाई पुर्णता दिन सक्ने सक्षम पार्टि नेपाली कांग्रेस भएको चर्चा गरे । समृद्धि र विकासका लागि नेपाली कांग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुलाई न्यौपानेको आग्रह थियो ।
कार्यक्रममा उप–प्रमुखका उम्मेदवार इन्दिरा दरैले समावेशी विकासनै आजको मुल आवश्यकता रहेको वताइन् । सो घरदैलो अभियान कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य धुर्व वाग्लेले नेपाली कांग्रेसको जितबाट मात्रै विकासले पुर्णता पाउने बताए ।
कार्यक्रममा पुर्व नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अशोक कुमार श्रेष्ठ, व्यास ५ का वडा अध्यक्षका उम्मेदवार यज्ञ खनाल, निवर्तमान वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ तथा सदस्य उम्मेदवारहरुको समेत सहभागिता रहेको थियो। घरदैलो अभियानका क्रममा स्थानिय वडावासीले व्यास नगरपालिकाको तर्फबाट वडा क्षेत्रमा भईरहेका विकास कार्य सन्तोषजनक र प्रशंशनीय रहेको चर्चा गर्दै अधुरा योजनालाई सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?