
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ‘ए’विरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछ । टियु क्रिकेट मैदानमा खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
नेपाल आज जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । तर, टेष्ट राष्ट्र जिम्बावेका अधिकांश खेलाडी समेटिएका ‘ए’ टोलीमाथि जित निकाल्न भने नेपाललाई सहज छैन ।
तीन एकदिवसिय सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा जिम्बावे ए ३ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो ।
यसअघि जिम्बावे ‘ए’ र नेपालबीच भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा जिम्बाबे एसँग अभ्यास गरिरहेको हो ।
तस्बिर फाईल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?