आँबुखैरेनीबाट अर्कैको नाममा मतदान गर्ने २ जना पक्राउ

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा अर्कैको नाममा मतदान गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा आँबुखैरेनी-१ का नविन दवाडी र अरुण गुरुङ रहेकोे ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख निरज डाँगीले जानकारी दिए ।

मतदान केन्द्रमा अर्को व्यक्तिको कार्ड बोकेर आएका उनिहरु नाम रुजु गर्ने समयमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित मित्रता मावि सत्रसय मतदान केन्द्रमा अर्कैको नाममा मतदान गर्ने २ जनालाई पक्राउ गरी प्रहरीले नियन्त्रणमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?