
दमौली : तनहुँको व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
नगरप्रमुखमा कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरे।
उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी एमालेका तर्फबाट उम्लेमेदवारी दिएकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?