दमाैली : तनहुँको स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामध्ये नेपाली कांग्रेसले ५ , नेकपा एमालेले ४ र नेकपा माओवादी केन्द्रले १ पालिका जितेको छ ।
नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा बैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै, भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् ।बन्दीपुर गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका छन्।
नेकपा एमालेबाट घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा विजयी भएका छन्।
नेकपा माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी भएका छन्।
८५ वडामध्ये नेपाली कांग्रेसले ४६, नेकपा (एमाले) ले २८ र नेकपा माओवादी केन्द्रले ७ वडा जितेको छ भने स्वतन्त्रबाट ४ जनाले वडाध्यक्षमा विजय हासिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?