
दमौली : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभासदस्य धु्रव वाग्ले सहित आठ जनालाई कारबाहीको लागि सिफारिस गरिएको छ । नेपाली काँग्रेस वडा नं ५ को वडा कार्य समितिको बैठकले कारबाहीको लागि व्यास नगर समितिलाई सिफारिस गर्ने निर्णय अनुरुप मंगलबार सिफारिस पत्र बुझाइएको हो ।
पार्टीका केन्द्रिय सदस्य धु्रब वाग्ले,महाधिवेशन प्रतिनिधी मोहन कुमार श्रेष्ठ,प्रदेश प्रतिनिधी सुलोचना गौतम,क्षेत्रीय प्रतिनिधी गंगाबहादुर राना,भिमकुमार श्रेष्ठ,व्यास–५ का वडा कार्य समिति सदस्य पविन्द्र खनाल,दीपेन्द्र खनाल र बिश्वराज खनाललाई कारबाहीको लागि सिफारिस गरिएको छ ।
पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्न सिफारिस पत्रमा बुझाइएको व्यास नगरपालिका वडा नं ५ का वडा सभापति सुरबहादुर थापाले जानकारी दिए ।
व्यास नगरपालिका वडा नं ५ का वडा सभापति सुरबहादुर थापा,उपसभापति ईश्वरीराज वाग्ले,सचिव सुरेन्द्र खनाल,मुन्नी शाही, र सहसचिव भरत प्रसाद खनाल लगायतको टोलीले व्यास नगरसभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीको लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन् ।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस व्यासका मेयर,उपमेयर र व्यास– ५ का आधिकारिक उम्मेद्वारलाई पराजित गर्न सक्रिय भूमिका खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?