व्यासमा पुन: मतगणना गर्न दीपकराज जोशीको माग

जेठ ११, दमौली । व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले पुन: मतगणनाको लागि माग गरेका छन । बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगमा पुन: मतगणनाको लागि माग गर्ने बारे जानकारी दिए । उनले मतगणना निष्पक्ष रुपमा र आयोगको अनुसार नभएको भन्दै पुन: मतगणनाको लागि माग गरिएको बताए । वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाईएको र वडा न ९ देखि १४ सम्म विपक्षको डिजाईनमा षड्यन्त्र पुर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनले आरोप लगाए ।

उपमेयरमा पराजित भएकी नेकपा एमालेको उम्मेदवार बसुन्धरा घर्तीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भनेअनुसारको मतगणना नभएको आरोप लगाईन ।                                      एमाले सङ्ग तालमेल गरि नगरको मेयरको उम्मेदवार उठेका जोशी काङ्ग्रेसका मेयर बैकुण्ठनाथ न्यौपाने सङ्ग २ सय ५२ मतले पराजय भएका थिए । काङ्ग्रेस सङ्ग असन्तुष्ट बनेका पुर्वसहमहामन्त्री गोबिन्दराज जोशीले आफ्नो राजनीतिक बिरासत फर्काउन छोरालाई मेयरको उम्मेदवारको रुपमा उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?