दमाैली : व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुधवार शपथग्रहण गरेका छन् । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले नगरप्रमुख न्यौपानेलाई शपथग्रहण गराएका हुन् ।
स्थानीय तहमा निर्वाचित प्रमुखले जिल्ला न्यायाधीशसँग शपथ लिने व्यवस्था छ ।
शपथग्रहणपछि शुभकामना दिँदै न्यायाधीश ढुङ्गानाले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नगरपालिका बनाउने अभियानमा जुट्न नगरप्रमुख न्यौपानेलाई आग्रह गरे ।
न्यायाधीशसँग शपथ लिएपछि प्रमुखले अन्य जनप्रतिनिधिलाई शपथग्रहण गराउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?