दमाैली : तनहुँको व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले निर्वाचन खर्च पेश गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको चार दिनमा जोशीले बिहीबार निर्वाचन कार्यालय तनहुँमा निर्वाचन खर्च पेश गरेका हुन्।
जोशीले रु पाँच लाख दुई हजार एक सय २४ को खर्च विवरण बुझाएका छन् । जसमा मतदाता नामावली खरिदमा रु एक हजार पाँच सय, सवारी साधन प्रयोगमा रु ८४ हजार, सवारी इन्धनमा रु २४ हजार छ सय २९, प्रचारप्रसार सामग्रीमा ३१ हजार सात सय ३५, गोष्ठि÷कार्यकर्ता परिचालनमा रु ५० हजार खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा रु एक लाख ५५ हजार, कार्यालय सञ्चालनमा रु ६० हजार, प्रतिनिधि परिचालनमा रु ४२ हजार र विविधमा रु ५३ हजार दुई सय ६० खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?