व्यास नगरपालिकाको वडास्तरीय योजना तर्जुमा भेला सुरु

दमौली  : तनहुँको व्यास नगरपालिकामा वडा स्तरीय योजना तर्जुमा कार्यक्रम सुरु भएको छ । असार १० गते भित्र स्थानीय तहले  नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम नगर सभामा पेश गरिसक्नुपर्ने कानूनी व्यवस्था बमोजिम अनुसार यसको तयारीमा नगरपालिका  जुटेको छ ।

आगामी आव ०७९/८० का लागि विषयगत क्षेत्रहरुमा समावेशी नीति, समावेशी बजे तथा कार्यक्रमहरु संलग्न गर्दै आवधिक, मध्यकालिन र दीर्घकालीन योजना तर्जुमाका प्रकृयामा रणनैतिक योजना समेट्दै साझा विकासका अभियान लिएर अगाडि बढ्ने नगरपालिकाले जनाएको छ।

वडा नं १ को वडा स्तरीय योजना तर्जुमा कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले अधुरा कार्यहरु सम्पादन र सीमित स्रोत र साधनको अधिकतम उपयोग गरि नगरवासीका दैनिकी सहजीकरणका लागि यस वर्षको बजेट केन्द्रित गरिने बताएका छन्  ।

दिगो विकासको अभिभारा र आशा लिएर नगरवासीका साना-साना समस्यदेखि नगरस्तरीय, प्रदेश स्तरीय  र राष्ट्रिय स्तरका योजना कार्यान्वयन प्रकृयामा व्यास नगरपालिका सदैव तत्पर रहने उपप्रमुख इन्दिरा दरैले बताइन् ।

आज वडा न  १ र १४ मा योजना तर्जुमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?