
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुन: अर्को व्यवस्था नहुने बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?