एमविविएसमा नाम निकाल्नेलाई पाँच लाख दिने ऋषिङको निर्णय

ऋषिङ :  ऋषिङ गाउँपालिकाले एमविविएस अध्ययन गर्ने गाउँपालिकावासीलाई रु पाँच लाख अनुदान दिने भएको छ । गाउँपालिकाका युवायुवतीलाई एमविविएस अध्ययनमा प्रोत्साहन गर्न गाउँपालिकाले उक्त नीति लिए प्रवक्ता विजय दरैले जानकारी दिए ।

बुधबार गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एमविविएस अध्ययनका लागि नाम निकाले रु पाँच लाख अनुदान दिने निर्णय गरेको  प्रवक्ता दरैले बताए ।

चिकित्साशास्त्र अध्ययन गरेका जनशक्तिको सङ्ख्या कम भएको र आर्थिक अभावका कारण अध्ययन गर्न नसक्ने भएपछि गाउँपालिकाले अनुदानको व्यवस्था गर्न लागेको हो ।

गाउँपालिकाले कोभिड–१९ का कारण समस्यामा परेका पाँच सय २० जनालाई जनही रु दश हजारका दरले अनुदान वितरण गर्ने निर्णय समेत गरेको छ ।

बैठकले न्यायिक समितिको सदस्यमा वडा नम्बर ५ का सदस्य दलबहादुर थापा र वडा नम्बर ६ का सदस्य माधव थापालाई मनोनित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?