नगरपालिकाको अण्डरग्राउण्डमा रहेको पार्किङस्थल पोखरीमा परिणत

दमौली : तनहुँको व्यास नगरपालिका कार्यालय भवनको अण्डरग्राउण्ड पार्किङस्थल पूरै पानीले भरिएको हुन्छ । कर्मचारीले सवारीसाधन पार्किङ गर्न जाँदा गमबुट लगाउनु पर्दछ ।

सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाकाको बहुउद्देश्यी भवनको अण्डरग्राउण्ड पार्किङस्थल पोखरी बन्ने गरेको छ ।

भल पसेर नभएर जमिनरसाएर अण्डरग्राउण्डमा पानी जम्ने गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल बताउँछन् । उनले भने, ‘१५ दिन भित्रमा पानी जम्ने समस्याको समाधान गरिन्छ । पानी रसाएर तेस्तो भएको हो, पानी रोक्न विकल्प खोजिन्छ ।’

नगरपालिकाले पार्किङस्थल केही समयअघि भाडामा लगाएको थियो । तर पछि नगरपालिकाले हटाएको छ । अहिले त्यहाँ नगरपालिका कर्मचारीको मात्र सवारी साधन राख्ने गरिएको छ ।

पानी जम्ने समस्याकै कारण मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतका गाडी, दमकल र एम्बुलेन्स भने पुरानै भवनको प्राङ्गणमा राखिने गरिन्छ ।

११ करोड भन्दा बढी रुपैयाँ खर्च गरेर काठमाडौंस्थित सिनर्जी बिल्डर्स प्रालिले यो भवन निर्माण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?