
दमौली : आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको छ । सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार र मोटरसाइकल खसेको देखिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यलय तनहुँ जनाएको छ ।
प्रहरीका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।
कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन ।मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ । साथै सवारी साधनलाई पोखरा र मुग्लिनमै सवारी साधनलाई रोकिएको छ ।
तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार त्यहाँ बेलिब्रिज नबनाएसम्म सवारी साधन चल्ने सम्भावना देखिएको छैन । बाटो खुलाउन भने पहल गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?