आँबुखैरेनीले १५ शैय्याको आधुनिक अस्पताल बनाइने

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शैय्याको आधुनिक अस्पताल संञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालयले यसै आर्थिक बर्ष देखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको हो ।

बर्थिङ सेन्टरको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

बर्थिङ सेन्टरलाई अझ प्रभावकारी बनाउन अल्ट्रासाउण्ड,इसिजी र एक्सरे मेशिन राखेर डि ग्रेडको प्रयोगशालालाई सी ग्रेड श्रेणीमा परिस्कृत गर्न लागेको गाउँपालिकाले जनाएको छ  ।

गाउँपालिकाले व्यय ब्योर्हर्ने गरी क श्रेणीका अस्पतालसंग सम्झौता गरी एमडिजिपी र एमबिएस गरेका बिशेषज्ञ डा.ल्याउने लक्ष्य राखिएको छ । छिमेकी जिल्ला गोरखा,देवघाट र तनहुँको आँबुखैरेनी लगायतका पालिकाका बासिन्दालाई समेत सहज रुपमा प्रभावकारी  सेवा प्रवाह गर्ने योजना रहेको अध्यक्ष शुक्र चुमानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?