तालबेशीबाट स्कुटर चोरी गर्ने एक जना पक्राउ

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका-९ तालबेशीकी सुष्मा श्रेष्ठको नाममा रहेको स्कुटर चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको साविक मसेल-६ का १९ वर्षीय सन्दिप आचार्य रहेको प्रहरीले जनाएको छ। उनी व्यास-१० शेवरस्थित भित्री सडकखण्डबा पक्राउ परेका हुन् ।

दुलेगौडा बजार स्थित पुर्ण कुमारी श्रेष्ठको घर अगाडी रोकी राखेको अवस्थामा स्कुटर चोरेको अभियोगमा एक पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?