
दमौली : बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ ।
शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।
चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रा सहितको खोर थापिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
बन्दीपुर गाउँपालिका–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बागदलेमा भिमलाल गरञ्जा घाइते भएका थिए ।
दुवै आक्रमणको घटना घरमै भएको हो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?