Close This

गण्डकी प्रदेशले मानुङकोट र काहुँशिवपुर जोड्न झोलुङ्गे पुल निर्माण गर्ने

दमौली : गण्डकी प्रदेश सरकारले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट र ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर जोड्न  झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

मानुङकोट र काहुँशिवपुर जोड्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको छ ।

पछिल्लो समय मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

केही वर्षअघिसम्म सुनसान मानुङकोटमा अहिले पर्यटकीय पूर्वाधार निर्माण गर्ने क्रम सुरु भएको छ ।

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

साङ्केतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?