कांग्रेस ऋषिङको कार्यवाहक सभापतिमा श्री बहादुर

ऋषिङ : नेपाली कांग्रेस ऋषिङको कार्यवाहक सभापतिमा श्रीबहादुर आले चयन भएका छन् ।

सोमबार बसेको कार्यसमिति बैठकले उपसभापति रहेका आलेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

सभापति तिलबहादुर आले स्वतन्त्र समूहमा लागेपछि कारवाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?