गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् ।
गण्डकी प्रदेशकी प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को (५) अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए । दाबी पेश गरेपछि केहीबेर किचलो भएको थियो । विपक्षी दलका ३१ जना सांसदले प्रदेश प्रमुखको निवासमा धर्ना दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?