आबुँखैरेनीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पृथ्वि राजमार्ग  सडक खण्डको आबुँखैरेनी गाउँपालिका वडा नं. ४ पावरहाउस स्थित रुवाखोलामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मुग्लिन तर्फबाट आबुँखैरेनी तर्फ आउदै गरेको  ग १ क  ४४६९ नम्बरको टिपर दुर्घटना हुँदा म्यादे गाउँपालिका वडा नं. ६ मनपाङ बस्ने वर्ष ४७ को राम बहादुर दमैको मृत्यु भएको हो ।

टिपर सडकबाट चिप्लिएर २५ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका राम बहादुरको उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?