Close This

जनप्रतिनिधीको काँधमा ठुलो जिम्मेवारी आएको छ ;बरिष्ठ नेता पौडेल

दमाैली :  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले नव निर्वाचित जनप्रतिनिधीको काँधमा ठुलो जिम्मेवारी आएको बताए।

व्यास नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।

यसपटक व्यास नगरपालिकाको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको र जनप्रतिनिधिले पनि इमान्दार भएर काम गर्न पौडेलको सुझाब थियो ।

नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेको सभापतित्वमा भएको कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै लगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यलाई बधाई ज्ञापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?